‘राष्ट्रिय एकताका आधारमा वाम ध्रुवीकरण’

२७ आश्विन २०७४, शुक्रबार २१:३३ मा प्रकाशित

काठमाडौँ, २७ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता र स्वाधीनताका लागि वाम ध्रुवीकरण हुन लागेको बताउनुभएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पूर्वराज्यमन्त्री एवं राजपाका केन्द्रीय सदस्य खोवारी रायसहितका नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै नेता प्रचण्डले नेकपा(एमाले) सहित वाम एकताको प्रयास राष्ट्रिय एकता, स्वाधीनता र जनताको अधिकारका पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी हिमाल, पहाड र तराई–मधेशमा बस्ने सबै जनताको पहिचान र अधिकारका पक्षमा रहेका छौँ । संविधानलाई संशोधन र परिमार्जन गर्दै सबैका अधिकार समेट्न पनि एमालेसँग हाम्रो सहमति छ ।”

कार्यक्रममा पूर्वसांसद रासनारायण राय, पूर्वगाविस अध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजदेवी सहनी, पूर्वगाविस अध्यक्ष तथा राजपाका केन्द्रीय सदस्य किशोरीप्रसाद यादवलगायत १२ नेता माओवादी केन्द्रमा प्रवेश गरे ।

आज नै नेपाली जनप्रगतिशील मञ्चको भेला तथा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको आर्थिक तथा सामाजिक विकासमा गैरआवासीय नेपाली संघ(एनआरएन)को महत्वपूर्ण भूमिका हुने बताउनुभयो । मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको र संविधानको कार्यान्वयनसँगै नेपालको आर्थिक, सामाजिक विकासमा एनआरएनले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले