नेपाल हङकङसँग ८३ रनले पराजित

२७ आश्विन २०७४, शुक्रबार १७:५८ मा प्रकाशित

काठमाडौँ, २७ असोज । आइसिसि विश्व लिग क्रिकेट च्याम्पियनसीपअन्तर्गत आज हङकङविरुद्धको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको छ ।

हङकङले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको थियो । नेपालले ३४.५ ओभरमा सवै विकेट गुमाउँदै एक सय ११ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले २६, आरिफ शेखले २३, ज्ञानेन्द्र मल्लले २१, विनोद भण्डारीले १८ तथा सोमपाल कामीले ११ रन बनाए ।

बलिङतर्फ हङकङका लागि एहेसान खानले पाँच तथा ऐजाज खानले तीन विकेट लिए ।

यसअघि हङकङको मिसनरोड मैदानमा भएको खेलमा टस जितेर नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

हङकङका लागि जेमी एट्कीन्सनले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ११७ बल खेल्दै एक छक्का र नौ चौका प्रहार गरे । टनबीर अफजलले ३८ र कप्तान बाबर हायटले २९ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछाने तीन तथा वसन्त रेग्मी र करण केसीले समान दुई-दुई विकेट लिए । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

पेरिस । यस वर्षको महिला च्याम्पियन्स लिग फुटबल प्रतियागिताको उपाधि बार्सिलोनाले जितेको छ । स्विडेनको गोथेनवर्गमा गएराति भएको फाईनल खेलमा

ओसासुनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ‘ला– लिगा’ को उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं