एनआरएनए अध्यक्षमा जमुना घलेको उम्मेदवारी, नेतृत्वको लागि रोमाञ्चक प्रतिष्पर्धा

२६ आश्विन २०७४, बिहीबार २०:५६ मा प्रकाशित

सिसृक्षा ढकाल काठमाडौँ, २६ असोज । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, (एनआरएनए) को आठौँ विश्व सम्मेलन सुरु हुनु तीन दिन अघि अनुमान र आंकलन अनुरुप वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना घलेले आफ्ना सदाबहार सहयोगी एवं अध्यक्ष आकांक्षी भवन भट्ट विरुद्ध अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेपछि संघको आगामी नेतृत्वको लडाई रोमान्चक प्रतिष्पर्धामा परिणत भएको भएको छ ।

यस अघि संघको आगामी कार्यकाल २०१७-१९ अन्तर्गत अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टीबी कार्कीले आ-आफ्नो दावी प्रस्तुत गरेका थिए । अध्यक्ष पदका लागि संघका उपाध्यक्ष एवं अध्यक्ष घलेको हरेक कदममा साथ् र समर्थन दिदैं आएका भवन भट्ट विरुद्ध बिहिबार अध्यक्ष पत्नी जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी हुन् ।

जमुना गुरुङले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिबारदेखि शुरु हुन लागेको संघको महाधिवेशनमा संघको २०१७-१९ कार्यकाल अन्तर्गत अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै संघको नेतृत्वमा पति शेष घलेको पद चिन्ह पच्छ्याउने प्रयत्न गरेकी हुन् ।

बिहिबार आफ्नो उम्मेदवारी घोषणा कार्यक्रममा जमुना गुरुङले भनिन, ‘नेपालीका लागि नेपाली’ भन्ने पवित्र उद्देश्यका साथ शुरु भएको संघमा आफूले गैरआवासीय नेपालीको माग र अपेक्षालाई पूरा गर्ने र महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुँ ।’

उनले भनिन, ‘संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कूटनीतिकस्तरमा अझ पारदर्शीरुपमा विकास गर्न र संघले अहिले निर्माण गरिरहेका मेगा परियोजनालाई समयभित्र सम्पन्न गराउन पनि नेतृत्व आवश्यक छ ।

संघका अन्तराष्ट्रिय समन्वय परिषदको सदस्यसमेत रहेकी गुरुङले आफू अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको र महिलाले नेतृत्व गर्न सक्छन् भन्ने पुष्टि गर्नका लागि पनि आफ्नो उम्मेदवारी भएको स्पष्ट पारिन ।

यसैबीच, अध्यक्षका अर्का प्रतिस्पर्धी भवन भट्टले पनि बिहिबारनै आफ्नो उम्मेदवारी घोषणा सभा आयोजना गरि आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्ने प्रयास गरे ।

भट्टले दावी गर्दै भने, ‘आफू अध्यक्ष पदको लागि योग्य रहेको र उपाध्यक्षको जिम्मेवारीमा रही आफूले सम्पूर्ण गैरआवासीय नेपालीको समस्या र पीर, मर्का बुझेको छु ।

भट्टले मातृभूमि र गैरआवासीय नेपालीबीच सहकार्यका लागि समन्वयको वातावरण तयार गरी एनआरएनको ‘भिजन २०२०’ तथा सामूहिक लगानीका परियोजना कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा पूर्वाधार विकास तथा निर्माणमा लगानी बढाउने र रोजगारीको अवसर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रत्यासी भट्टले भने, ‘आफ्नो जितको पहिलो आधार नै सम्पूर्ण एनआरएनका साथीहरु हुन्, म त लगभग साझा उम्मेदवारका रुपमा उभिएको छु ।’

भट्टले आफूलाई एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने र हालका अध्यक्ष डा शेष घलेको पनि पूर्ण साथ र सहयोग रहेको जानकारी गराए ।

भट्टले विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीको मनमा सधँैनेपाल र नेपालीनै रहेको र आफ्नो अध्यक्ष उम्मेदवारी त्यही भावनाको प्रतिविम्ब भएको दावी गरे ।

उनले वर्तमान नेतृत्वले अघि बढाएको लाप्राक नमुना बस्ती निर्माणलाई समयमै सक्ने गरी काम गरिने पनि प्रतिबद्धता जनाउनुभयो ।

यसअघि भट्टले एनआरएन जापानको अध्यक्ष तथा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को कोषाध्यक्ष तथा केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पूरा गरेका थिए ।

स्मरणीय छ लामो समय अध्यक्ष घलेको सहयोगी रहेका भट्टलाई यतिबेला संस्थापक अध्यक्ष उपेन्द्र महतो, बर्तमान उपाध्यक्ष कुमार पन्त र प्रमुख संरक्षक जीबा लामिछानेको समर्थन रहेको छ भने प्रजातन्त्रवादी गैर आवासिय नेपालीहरुको समर्थन भने जमुना घलेको पक्षमा देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै