विमानस्थल व्यवस्थापनसम्बन्धी मामलामा सर्वोच्चको गम्भीर चासो

२९ असार २०६९, शुक्रबार ०७:०० मा प्रकाशित

काठमाडौं, २९ असार । सर्वोच्च अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा भारतको एक निजी कम्पनीलाई दिन भइरहेको तयारीसंग सम्बन्धित कागजात पेश गर्न सरकारलाई आदेश दिएको छ । विमानस्थल व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने सरकारी तयारीका सम्बन्धमा सरकारमाथि परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले बिहिबार त्यस्तो आदेश दिएको हो । न्यायाधीश सुशीला कार्की, डम्वरप्रसाद शर्मा र कमलनारायण दासको संयुक्त विशेष इजलासले सरकारी तयारीसम्बन्धी विस्तृत विवरणसहित सम्पूर्ण कागजात बुझाउन निर्देशन दिएको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जनाए । सम्पुर्ण विवरण प्राप्त भएपछि अर्को सुनुवाई साउन ११ गते हुने बताइएको छ । यसरी विमानस्थलको व्यवसथापनको सम्पूर्ण जिम्मेवारी भारतीय कम्पनीलाई सुम्पने तयारी भएको बुझेपछि गत साता त्यो रोक्नका लागि सर्वोच्चमा रिट परेको थियो । प्रधानमन्त्रीकै अगुवाईमा हठात रुपमा नियमावली परिवर्तन गरेर विनाटेण्डर या कुनै प्रतिष्पर्धा नै नगराई भारतीय कम्पनीलाई यस्तो संवेदनशील कार्य सुम्पने सरकारको यो कदम विश्वकै सिभिल एभिएसन अथोरिटीको अधिकार या मान्यताविपरित रहेको विज्ञहरुको कथन छ । यस प्रकरणले नागरिक उड्डयन प्राधिकरणको अधिकार र अस्तित्वमाथि नाङ्गो हस्तक्षेप मात्र नगरी सुरक्षा संवेदनशीलता र मुलुककै अस्मितामाथि बलात्कार गरेको नागरिक उड्डयनसम्बन्धी कानूनका ज्ञाता अधिवक्ता चन्द्रकान्त ज्ञवालीले टिप्पणी गनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ