‘निर्माण व्यवसायी गौचनको गोली प्रहारबाट मृत्यु, अपराधीको कारण र पहिचान खुल्दै’

२३ आश्विन २०७४, सोमबार २२:४३ मा प्रकाशित

सिसृक्षा ढकाल, काठमाडौँ, २३ असोज । अज्ञात समूहको गोली प्रहारबाट नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज अपरान्ह बानेश्वरको प्रयाग मार्गमा हत्या भएको छ । आज अपरान्ह करिब तीन बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट घाइते भएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटोमा ल्याउने क्रममा मृत्यु भएको थियो ।

अस्पतालमा कार्यरत चिकित्सक तथा पूर्व निर्देशक डा विमल थापाले घाइते गौचनको अस्पतालल्याउने क्रममा बाटोमै मृत्यु भइसकेको जानकारी दिएका छन् । हत्याको कारण पुष्टि गर्दै चिकित्सक थापाले भने, ‘एउटा गोली मुटु, अर्को कलेजो र तेस्रो गोली मुटु र कलेजोको बीचमा लागेको छ, अस्पताल ल्याउँदा उहाँको श्वासप्रश्वास चलेको थिएन ।’

डा थापाले संचार माध्यमलाई दिएको जानकारी अनुसार गौचनको शरीरबाट दुईवटा गोली झिकिएको छ । एउटा गोली भेटिएको छैन ।
महानगरीय प्रहरीले दिएको प्राम्भिक जानकारी अनुसार मोटरसाइकलमा आएका अज्ञांत व्यक्तिले गोली प्रहार गरेर भाग्न सफल भएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गोली प्रहार गर्ने समूहको खोजी भइरहेको र हत्याराको प्राम्भिक पहिचान खुलिसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरूले निष्कर्ष निकालेका

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो