जग उठाएका भूकम्प पीडितले तेस्रो किस्ता पाउने

२३ आश्विन २०७४, सोमबार २०:०६ मा प्रकाशित

काठमाडौँ, २३ असोज । भूकम्पपछि पुनः निर्माण गरेर दोस्रो किस्ताका लागि योग्य लाभग्राहीले गाउँपालिका-नगरपालिकाको सिफारिशमा अग्रिम रुपमा तेस्रो किस्ता पाउने भएका छन् ।

स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान पाउने व्यवस्था भएको राष्टिय पुनः निर्माण प्राधिकरणले जनाएको छ ।

निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रिम रुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको प्रवक्ता यमलाल भुसालले बताउनुभयो । यो व्यवस्थाले निजी आवास पुनः निर्माणका लागि सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

यो व्यवस्थापछि घरको जग उठाएर दोस्रो किस्ता लिन योग्य भएका घरधनीले दोस्रो किस्ताबापतको रु डेढ लाख र तेस्रो किस्ता बापतको रु एक लाख गरी एकैपटक रु दुई लाख ५० हजार पाउनेछन् । अब निजी आवास निर्माण गर्न चाहने घरधनीले जग उठाएपछि एकमुष्ट रकम प्राप्त गरी घर निर्माण गर्न सक्नेछन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले