चुरे भावर एमालेमा समाहित हुने

२२ आश्विन २०७४, आईतवार १९:२४ मा प्रकाशित

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)मा चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल समाहित हुने भएको छ ।

आज दुवै पार्टीका नेताबीच भएको छलफलमा चुरे भावर पार्टी एमालेमा समाहित हुने सहमति भएको एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले एमालेले राष्ट्रिय एकतामा देखाएको अडानका कारण चुरे भावर समाहित हुन थालेको बताउनुभयो ।

एमाले पार्टी कार्यालय धुम्बाराहीमा पार्टी सचिव पृथ्वीसुब्वा गुरुङ र चुरे भावरका अध्यक्ष बद्रीप्रसाद न्यौपानेबीच चुरे भावर एमालेमा समाहित हुने सहमति भएको हो । आगामी शनिबार राष्ट्रिय सभागृहमा कार्यक्रम गरी औपचारिक रुपमा चुरे भावर एमालेमा समाहित हुने कार्यालय सचिव श्रेष्ठले बताउनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा