भ्रष्टाचारी प्रवृत्ति नै देश विकासको बाधकः एनआरएन अध्यक्ष घले

२१ आश्विन २०७४, शनिबार २२:१५ मा प्रकाशित

चितवन, २१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले भ्रष्टाचारी प्रवृत्तिका कारण देशको विकास हुन नसकेको बताउनुभएको छ ।

विजय विकास स्रोत केन्द्र, गैँडाकोटको ३२औँ साधारणसभाको आज गँैडाकोटमा उद्घाटन गर्दै घलेले भूकम्पपीडितलाई सहयोग गर्न आफूले शुरु गरेको अभियानमा अवरोध पु¥याउने भ्रष्टाचारी प्रवृत्तिको अनुभव सुनाउनुभयो ।

विजय परिवारको कामबाट आफू प्रभावित बनेको बताउँदै घलेले व्यक्तिगत स्वार्थ भएका व्यक्ति सामाजिक संस्थामा आबद्ध हुन नहुने विचार राख्नुभयो । आफ्नो सफलताको पूर्ण जस श्रीमती जमुना घलेलाई दिनुभएका शेषले आफ्नो कार्यकालमा एनआरएनएलाई स्वच्छ र पवित्र संगठन बनाएको दाबी गर्नुभयो ।

आफूले एनआरएनमा लागेर व्यवसायलाई समेत बिर्सिएको बताउँदै घलेले देश विकासका लागि युवा शक्तिलाई देशमा नै खपत गर्नुपर्ने बताउनुभयो ।

घलेले एनआरएन स्वदेशमा लगानी बढाउने भावनाका साथ अगाडि बढेको बताउनुभयो । घलेकी श्रीमती जमुना घलेले आफ्नो देश र गाउँको विकासका लागि निकै भावनात्मक सम्बन्ध आफूसँग भए पनि देशको प्रणालीका कारण सक्दो सहयोग गर्न नसकेको गुनासो गर्नुभयो ।

साथमा एनआरएनका प्रतिनिधि पनि सहभागी रहेका थिए । एनआरएनएका युरोप संयोजक दील गुरुङले देशमा तानाशाही प्रवृत्तिका कारण विकास हुन नसकेको बताउनुभयो ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विजय परिवारको संक्षिप्त जानकारी विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा विजय विकास स्रोत केन्द्रका अध्यक्ष वसन्तराज लम्सालले गराउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण