भाषण गरेर गिनिज बुकमा नाम लेखाउने केसीको प्रयास

२१ आश्विन २०७४, शनिबार २२:१४ मा प्रकाशित

काठमाडौँ, २१ असोज । भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गर्नुभएको छ ।

यहाँस्थित टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उहाँले यही असोज १९ गते विहान ६ बजेदेखि भाषण सुरु गर्नुभएको उहाँकी श्रीमती पारु केसीले जानकारी दिनुभयो ।

लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उहाँको सोच छ ।

यसअघि भारत गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राख्नुभएको छ । उहाँले विभिन्न ७५ शीर्षकमा भाषण दिनुभएको बताइएको छ ।

आज दिउँसो ३ बजेसम्म केसीले ५७ घण्टा अनवरत भाषण गरीसक्नुभएको विश्वदर्शन अभियानका अध्यक्ष नारायण प्रसाद भटृराईले जानकारी दिनुभयो ।

सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौँ विहानीको आयोजना तथा लियो क्लवलगायतका संस्थाको सहयोगमा सो कलेजमा भाषण कार्यक्रमको आयोजना गरिएको छ ।

भाषणमा केसीले विभिन्न विषयमा प्रवचन दिनुहुन्छ भने एक घण्टामा पाँच मिनट विश्राम पाउनुहुन्छ । उहाँले दिनरात उभिएर भाषण गर्नुहुन्छ भने समय समयमा कुर्सीमा बसेर पनि भाषण गर्न पाउने प्रावधान छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस