आठ जनालाई हेलिकप्टरबाट काठमाडौँ ३७ जनाको बुटवलमा उपचार

२० आश्विन २०७४, शुक्रबार १९:४९ मा प्रकाशित

अर्घाखाँची, २० असोज । मालारानी गाउँपालिका–३ सापडाडाँमा भएको बस दुर्घटनाका गम्भीर घाइते आठ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै पठाइएको छ ।

काठमाडौँ पठाइएकामा सन्धिखर्क –११ का गोमा बस्याल र शान्ता भुसाल, मालारानी गाउँपालिका–२ का २१ वर्षीय उमेश कुँवर र ३८ वर्षीया यमकला भुसाल, मालारानी–३ का १८ वर्षीय भानुभक्त आचार्य, ३१ वर्षीय इन्दिरा आचार्य खनाल, तिलोत्तमा नगरपालिका–३ की ६७ वर्षीया भविकला भट्टराई र गुल्मी धुर्कोटका शोभे सार्की छन् ।

टाउकामा चोट लागेका घाइतेलाई सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पतालमा सिफारिस गरिएको प्रजिअ पखमराज भुसालले बताउनुभयो ।

बस दुर्घटनाका ३७ घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको र दुई सामान्य उपचारपछि घर फर्केका छन् । दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो ।

डाँडकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५७८ नंको बस सडकबाट ६० मि तल खसेको थियो । बसमा यात्रु धेरै भएको र बाटो भासिँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । (रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार