पूर्वगोर्खाहरुले गोरा सरह समान पेन्सन र अधिकारका लागि बेलायती प्रधानमन्त्रीलाई सवा लाख हस्ताक्षर बुझाए

२८ असार २०६९, बिहीबार २०:४३ मा प्रकाशित

धर्म राज अधिकारि, लण्डन । समान पेन्सन र अधिकारका लागि आन्दोलनरत भूतपूर्व गोर्खाहरुले बुधबार बेलायती प्रधानमन्त्री समक्ष एक लाख एघार हजार हस्ताक्षरसहित आफ्नो मागपत्र बुझाएका छन् ।

युनाइटेड ब्रिटिश गोर्खाज एक्स् सर्भिस्मेन्स एसोसिएसन युविजिइएले बेलायती जनताबाट संकलन गरिएका हस्ताक्षर र ५ बुंदे मागपत्र अलपार्टी कमिटी अन गोर्खा वेलफेयरका अध्यक्ष रोबर्ट बकल्याण्ड (एमपी) मार्फत प्रधानमन्त्री डेभिड क्यामरुनलाई बुझाइएको हो । कार्यव्यस्तता जनाउंदै प्रधानमन्त्रीले समय नदिएपछि उनकै पार्टी कन्जरभेटिभका मानवअधिकार आयोग अध्यक्ष बकल्याण्डलाई बुझाइएको आन्दोलनरत युनाइटेड ब्रिटिश गोर्खाज एक्स् सर्भिस्मेन्स एसोसिएसनका महासचिव दिपक मास्केले बताए । मागपत्र बुझ्दै बकल्याण्डले यस विषयलाई गम्भीर रुपमा लिइने आश्वासन दिएको सहभागी बिगेसोका अध्यक्ष सन्तोष थलङले बताए ।

उनीहरुको पत्रमा पूर्व गोर्खालीहरुलाई गोरा सरह समान पेन्सन, १८ वर्ष नाघेका छोराछोरीहरुलाई सहजै बेलायत ल्याउन दिइनुपर्ने, सेवा दौरान क्षतिपूर्ति नपाएकालाई अन्य सरह क्षतिपूर्ति, रिडन्डेन्सीमा पठाइएका गोर्खालीहरुलाई क्षतिपूर्ति सहित प्रिजर्भ पेन्सन दिइनुपर्ने, नेपालमा रहेका गोर्खा र तिनका परिवारलाई उपचार र औषधि सेवा बेलायतमा जस्तै शतप्रतिशत दिइनुपर्ने जस्ता माग उल्लेख छ ।

युविजिइएले वृद्ध गोर्खाहरुको साथमा बेलायतका वेल्स्, लन्डन, अल्डरसट, रेडिङ, स्वीन्डन लगायत शहरबाट हस्ताक्षर संकलन गरेको थियो । लाख कटेपछि संकलित हस्ताक्षर व्याक बेञ्च कमिटीले संसदमा वहसका लागि लैजान अनिबार्य छ ।

हस्ताक्षर एवं मागपत्र बुझाउन गोर्खा संगठनहरु बिजिडब्लुएस्, बिजि नेसा, बि गेसो, युविजिइए, बबी वासन गोर्खा ह्युमन राइट्स प्रोजेक्ट र गैर आवासीय नेपाली संघ बेलायतका प्रतिनिधि क्रमशः ओमेन्द्र गुरुङ, केशबहादुर गुरुङ, सन्तोष थलङ, दिपक मास्के, भुवनसिंङ गुरुङ र कुल आचार्य टेन डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए । यही बेला गोर्खा ह्याट, ब्लेजर, मेडल र पोशाकमा सजिएका उल्लेखित संगठन आवद्ध हजारौं गोर्खाहरुले प्ले कार्ड बोकी कार्यालय बाहिर प्रदर्शन गरे ।

लन्डनस्थित बेलायती संसद भवन अगाडि करिब तीन घण्टा अघि देखि नै प्रदर्शन गरिरहेका उनीहरु त्यहांबाट साढे १ मा प्रधानमन्त्री कार्यालयतिर बढ्दा सवारी आवागमन समेत ठप्प भयो । संसद भवन अघि भएको प्रदर्शन सम्वोधन गर्ने क्रममा गोर्खा नेताहरुले आफ्नो अधिकार नपाएसम्म आन्दोलन जारी राख्ने प्रण गरे । प्रदर्शनमा पदमबहादुर गुरुङ अध्यक्ष रहेको गेसो भने सहभागी भएन ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र