एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको तालमेल घोषणा

१७ आश्विन २०७४, मंगलवार २३:०९ मा प्रकाशित

काठमाडौँ, १७ असोज । एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने सहमतिको घोषणा भएको छ ।

आज राष्ट्रिय सभागृहमा आयोेजित पत्रकार सम्मेलनमा तीनै दलका अध्यक्षहरु क्रमशः केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन तथा राष्ट्रिय स्वाभिमान र स्वाधीनतालाई माथि उठाउन लक्ष्यसहित एकीकरणको अभियान शुरु भएको नेताहरुले उद्घोष गर्नुभयो ।

चुनावी तालमेलको सहमतिअनुसार नयाँ शक्ति र अन्य आउन सक्ने देशभक्त प्रगतिशील शक्तिलाई दिएर बाँकी रहेको प्रत्यक्षतर्फको स्थानमा ६० प्रतिशत एमाले र ४० प्रतिशतमा माओवादी केन्द्रलाई बाँडफाँड गरिनेछ । सकेसम्म एउटै निर्वाचन चिह्नमा लड्ने र प्राविधिक समस्या भएमा आफ्नो निर्वाचन चिह्नमा तालमेल गरेर निर्वाचनमा जाने सहमति यी दलबीच भएको छ । (रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह