नेपाली राजनीतिमा आश्चर्यजनक ध्रुवीकरण: माओवादी-एमाले एकिकरण गर्न सहमत

१७ आश्विन २०७४, मंगलवार १८:५५ मा प्रकाशित

सिसृक्षा ढकाल, काठमाडौँ, १७ असोज । राष्ट्रिय राजनीतिमा आश्चर्यजनक ध्रुवीकरणको नयाँ अध्याय सुरु गर्दै मुलुकका दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्दै दुई पार्टी एकिकरण गर्ने सहमति जुटेको छ ।

ललितपुरमा आज दुई दलका शीर्ष नेतासहितको वार्तामा तालमेल गरी निर्वाचनमा जाने र पार्टी एकताका लागि संयुक्त संयोजन समिति बनाउने सहमति हो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को तालमेल र पार्टी एकिकरण र तालमेल प्रक्रिया अघि बढेसंगै वर्तमान सरकार नैतिक संकटमा परेको छ ।

यद्यपी माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीले निर्वाचन अघि सत्ता परिवर्तनको चटारो नभएको प्रतिक्रिया दिएका छन् ।

समरण रहोस दक्षिण छिमेकी मित्र राष्ट्र भारतको प्रभावमा बामपन्थी विभाजन र तत्कालिन एमाले माओवादी सत्ता गठबन्धन टुटेको थियो तर तर उत्तरको छिमेकी चीनको प्रत्यक्ष प्रभावमा दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकिकरण र तालमेलमा आश्चर्यजनक सहमति जुट्नुले नेपाली राष्ट्रिय राजनीतिमा बामपन्थी वर्चस्वको नयाँ युग सुरु हुन लागेको संकेत गर्दछ।

सो सहमतिबारे दुई दलले आजै पत्रकार सम्मेलन गरी सहमतिपत्र सार्वजनिक गर्ने एमाले केन्द्रीय कार्यालयले जानकारी गराएको छ । यसअघि दुवै दलले वार्ता र संयोजनका लागि शीर्ष नेता रहेको टोलीलाई जिम्मा दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय