३० औ ए एन ए टेक्सास सम्मेलन पुन: अर्को इतिहास रच्दै सम्पन्न

२८ असार २०६९, बिहीबार १८:३५ मा प्रकाशित

विजय थापा, टेक्सास । ३० औ ए एन ए टेक्सास सम्मेलनले पुन: अर्को इतिहास रच्दै ए एन ए डिसी सम्मेलनले प्रमाणित गरेको मार्ग दर्शनलाई पछ्याउदै कूल $ २७२९६. ७३ (सत्ताइस हजार दुई सय छयानब्बे डलर र त्रिहत्तर सेन्ट ) आर्थिक लाभ गर्न सफल भएको छ । २८ बर्ष सम्म आर्थिक घाटा र पारदर्शिता नभएको बिभिन्न आरोप र प्रत्यारोपको चपेटामा परेको ए एन ए अन्तत्वगत्वा निरन्तर दुई बर्ष देखि सहि योजना, कुशल नेतृत्व, कर्मठ र ईमान्दार संयोजकहरुको सयुक्त प्रयाशद्वारा आर्थिक घाटा हुनबाट जोगाई अत्यधिक लाभ दिन सफल भएको छ । ३०औ सम्मेलन समाप्त संगै ए एन ए आयोजकहरुलाई अनवरत रुपमा प्रसंशा र सकारात्मक सुझाब प्राप्त भएका छन ,यसको साथै हाम्रा कमि कमजोरी कार्य प्रति ध्यानाकर्षण गराईएको छ । हामीले यी सल्लाह र सुझाबलाई हृदयंगम गर्दै आगामी बर्षमा अझ माझिने कुरामा हामी विश्वास दिलाउन चाहन्छौ ।

सर्बप्रथम, ए एन ए टेक्सास सम्मेलनका अत्यन्तै कर्मठ सम्पूर्ण संयोजकहरुलाई हृदय देखि नै कृतज्ञता ज्ञापन गर्न चाहन्छौ । सम्पूर्ण स्वयंसेवक, सहभागी, शुभ चिन्तक, लब्ध प्रतिष्ठित अतिथिहरु प्रति आभारी व्यक्त गर्दछौ । सम्मेलनलाई आर्थिक रुपमा प्रायोजन (सौजन्य ) गर्ने सम्पूर्ण उधोगपति, व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने सम्पूर्ण मान्यबरहरु तथा ब्यापारी वर्ग प्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौ ।

३० औ सम्मेलनको हरेक समाचारलाई निरन्तर ६ महिना देखि समाचार प्रकाशित तथा बिश्व भरि सू -सुचित गर्नु हुने संचार सहयात्री क्रमस : टेक्सास नेपाल डटकम, जनपुकार डटकम, युएसनेपाल अनलाइन डटकम, नेपाल होराईजन डटकम, डिसीनेपाल डटकम, ईनेपालीज़ डटकम, ग्लोब नेपाल डटकम, साझा डटकम, सगरमाथा टिभी, यु यस ए, हाम्रोसमाज डटनेट, बिआरटिनेपाल डटकम, एल ए नेपाल डटकम, नेपाल मदरल्याण्ड डट ओर्ग, बोस्टन नेपाल.डटकम, टोरोन्टो नेपाल डटकम, हिमालि स्वरहरु ,विश्वपरिक्रमा, नेपाल मिडिया क्याफे ,एभरेस्टटाईम्स न्युज डटकम, एभरेस्ट रेडियो, अमेरिका नेपाल टिभी, यु एस ए, नेपाल ११ रेडियो, नेपाल माग्जिन, रेडियो युवा, व्हाइटहिमाल टिवी, खबर सम्प्रेसन, क्यानाडा र सम्पूर्ण संचारकर्मीहरु प्रति धन्यबाद ज्ञापन गर्न चाहन्छौ ।

सबै गोलबद्द भएको कारण मात्र टेक्सास ए एन ए सम्मेलन यो अवस्थामा अवतरण गर्न सफल भएको ठानेका छौ । ए एन ए को ईतिहासमा क्षेत्रीय रुपमा सर्वप्रथम ए एन ए टेक्सासको स्थापना भएको सहर्ष जानकारी गराउदछौ । यो हामीले गरेको मेहनत र तपस्या को परिणाम हो । ३० औ ए एन ए टेक्सास सम्मेलन अहिले सम्म कै ईतिहासमा सबैभन्दा ए एन ए लाई आर्थिक मुनाफा दिने सम्मेलन ठहर भएको छ ।

हामी यो स्वीकार गर्दछौ कि यो सम्मेलनले सबैले गरेको इक्षा र आशालाई पूर्ण रुपमा सम्बोधन तथा समेट्न सकेन होला तर पनि यो सम्मेलन त्यति खराब पनि भएन होला भन्ने विश्वास लिएका छौ । ३० औ ए एन ए टेक्सास सम्मेलनले प्रथम पटक ‘ सुपर नोवा, हाजिरी जवाफ प्रतियोगिता, हिज्जे प्रतियोगिता तथा बालबालिकाहरुको लागि बाल मंच (फोरम ) सुरुवात गरेको छ । यो हाम्रा युवा पिढीहरुको लागि एक कोसे ढुंगा साबित भएको छ । युवा पिढीहरुलाई केन्द्रित गर्दै बिभिन्न मंच (फोरम ) कार्यक्रम संचालनले नया उत्साह बढेको महसुस गरिएको छ ।

ए एन ए मा खेलाडीहरुको अत्यधिक मोह र अभिरुची देखिएकोले यो बर्ष देखि उनीहरुलाई अझ प्रोत्साहन गर्ने उद्देश्य अनुरुप खेलकूद क्षेत्रमा मात्र $ ३५,०००.०० पैतिश हजार डलर बिनियोजन गरिएको छ र’ ए एन ए बड्डी रंनिंग शिल्ड ‘ यो बर्ष देखि नै सुरुवात गरिएको छ । यो सम्मेलनले सबै नेतृत्व वर्ग, वैयक्तिक र समाजसेविहरुको शिर उच्च पारेको छ । हामीले $ २७२९६. ७३ (सत्ताइस हजार दुई सय छयानब्बे डलर र त्रिहत्तर सेन्ट )यस संस्थालाई आर्थिक लाभ दिन सफल भएका छौ । यो सबै सम्भब केवल यहाहरु कै सहयोगबाट मात्र सम्भब भएको छ । ए एन ए बृहत रुपमा उचाईमा बढ्दै छ र अझ माथि जाने मार्ग तर्फ लम्कदै छ भन्दा अतिसयोक्ति नहोला भन्ने ठान्दछौ ।

अन्त्यमा ३१ औ ए एन ए सम्मेलनमा न्युयोर्कमा भेट्ने बचन बद्दताको साथ बिदा !

पासांग लामा
३० औ ए एन सम्मेलन प्रमुख संयोजक

३० औ ए एन ए सम्मेलन, प्रमुख आर्थिक अधिकृत, बन्दना हमालद्वारा तयार गरिएको ३० औ ए एन ए सम्मेलन आर्थिक प्रतिवेदन यस प्रकार प्रस्तुत गरिएको छ ।

Here is the financial report “STATEMENT OF ACTIVITIES” presented by ANA -­‐2012 Convention Chief Financial Officer, Bandana Hamal.
Description Amount
Cash Collection From Ticket Selling and Registration
Day 1 7,445.00
Day 2 18,769.81
Day 3 8,204.92
PayPal Collection (Registration, Ticket Selling and Sponsor) 43,356.00
Fund Raise and Sponsor 74,188.00
Total Revenue and Support 151,963.73
Expenses
Fashion Extravaganza 5,440.00
Sports Expenses and Prizes 35,345.23
Culture and Entertainment AV 36,101.77
Supernova 341.21
Opening Ceremony 252.75
Administrative Expenses 34,317.33
Security 8,324.00
Forum 1,128.00
Spelling Bee/Quiz 2,916.71
Poetry competition 500.00
Total Expenses 124,667.00
Changes in Net Assets 27,296.73
Donation to NST 7,500.00
Total Remaining Assets 19,796.73
DI S CL AI M E R : All supporting documents will be
submitted to ANA Interim President and Chief Financial
Officer. Contact [email protected] for further

information.

Sincerely,

Pasang Lama
Chief Coordinator ANA Convention 2012
www.anatexas.org

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र