राष्ट्रपतिबाट उपराष्ट्रपति, प्रधानमन्त्री र सर्वसाधारणलाई टीका

१४ आश्विन २०७४, शनिबार २०:०१ मा प्रकाशित

काठमाडौँ, १४ असोज । बडादशैँ—२०७४ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई आज टीका लगाइदिनुभएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, मन्त्रीहरू, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि आज टीका लगाइदिनुभएको छ ।

राष्ट्रपति भण्डारीले आज सर्वसाधारणलाई पनि टीका लगाइदिनुभएको छ । राष्ट्रपतिले आज दिउँसो २ः०० बजेपछि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमअनुरूप सर्वसाधारणलाई टीका लगाउनुभएको हो । टीका लगाउन सर्वसाधारण लामबद्ध रहेकाले साँझसम्म नै कार्यक्रम जारी रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि बिहान ११ः५५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गर्नुभएको थियो । राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइदिनुभएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको