नवदुर्गा भवानीले सबैको रक्षा गरुन–पूर्व राजा

१३ आश्विन २०७४, शुक्रबार २०:२५ मा प्रकाशित

काठमाडौँ, १४ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै उहाँले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता स्थापित गर्दै जाने तथा आयातित संस्कृति र धर्मलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

सन्देशमा उहाँले नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् भन्ने कामना गर्नुभएको छ ।

यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले विजयादशमीको शुभ अवसरमा शुभकामना सन्देश दिँदै नवदुर्गा भवानीले नेपालीबीच शान्ति, सद्भाव र एकता कायम गरी सिंगो मुलुकको समृद्धिको यात्रामा अघि बढ्न पे्ररणा प्रदान गरुन् भन्ने कामना गर्नुभएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ