बस दुर्घटनामा १३ जना यात्रु घाइते

१२ आश्विन २०७४, बिहीबार १९:३७ मा प्रकाशित

दमौली(तनहुँ), १२ असोज । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित ढावमा एक यात्रुबाहक बस आज दिउसो दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट स्याङ्जा जाँदै गरेको ना ५ ख ९१४० न.को बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएको हुन् ।

घाइतेमध्ये गम्भीर रहेका काठमाडौँ महानगरपालिका–२६ का ६४ वर्षीय शंकर मल्ललाई डुम्रेको लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको र अन्य सामान्य अवस्थाका १२ घाइतेको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।