अमेरिकामा रहेका आप्रवासीहरुको सामाजिक संजालको गतिविधि अनुगमन गरिने

१२ आश्विन २०७४, बिहीबार ०५:२४ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, १२ असोज । अमेरिकी सरकारको डिपार्मेन्ट अफ होमल्याण्ड स्क्युरिटी, अध्यागमन विभाग र अन्य सुरक्षा निकायले अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीहरुको सामाजिक संजालको गतिविधि अनुगमन गर्ने भएको छ । गत साता सार्वजनिक गरिएको नयाँ संघिय कानुन लगत्तै डिपार्मेन्ट अफ होमल्याण्ड स्क्युरिटीले अमेरिकामा रहेका सम्पर्ण आप्रसीहरुको फेसबुक ट्वीटर लगायत अन्य सम्माजिक संजालका गतिविधिहरु अनुमगन गर्ने कार्य अगाडी बढाएको बढाएको हो ।

नयाँ संघीय कानुन अनुसार ग्रीनकार्ड बाहक, नेचुर्लाइजेजसमार्फत अमेरिकन नागरिकता प्राप्त गरेका ब्यक्ति लगायत सम्पुर्ण आप्रवासीहरुको सामाजिक संजाल सम्बन्धी गतिविधि संकलन गर्न सकिने ब्यबस्था रहेको छ । आगामी महिना अक्टुवर १८ वाट लागु गरिने नयाँ कानुनु अनुसार अमेरिकन नागरिकले सामाजिक संजालमा सरकार तथा अमेरीकाको बारेमा गरिने कृयाकलापहरु समेत निगरानीमा राखिने भएको छ ।

यस अघि डिपार्मेन्ट अफ होमल्याण्ड स्क्युरिटीले सन २०१७ को सार्वजनिक गरेको जानकारीमा ‘अमेरिकामा रहेका आप्रवासीहरुको सामाजिक संजालका गतिविधिहरु अनुगमन गरिने बताएको थियो । गत मे महिनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउन चाहने हरुका हकमा बितेको ५ वर्षमा सामाजिक संजालमा गरिएका गतिविधि अनुगमन गरेर मात्र अमेरिकन भिसा दिने नयाँ नियम प्रति अध्यागमन विभाग र सम्बन्धित देशका दुतावासहरुलाई सचेत गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ