१३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक

११ आश्विन २०७४, बुधबार २०:२० मा प्रकाशित

काठमाडौँ, ११ असोज । यही असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आज दिउँसो १ बजेसम्म १३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगबाट प्राप्त पछिल्लो विवरणअनुसार वीरगञ्ज महानगरपालिका र राजविराज नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।

वीरगञ्ज महानगरपालिकाका ३२ वडामध्ये ३० वटा वडाको मत परिणाम सार्वजनिक भएको र बाँकी दुई वडामध्ये वडा नं १७ को मतगणना सम्पन्न भई घोषणा हुने क्रममा रहेको तथा वडा नं १६ को अन्तिम मतपरिणाम आज बेलुकासम्म प्राप्त हुने अपेक्षा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

सप्तरीको राजविराज नगरपालिकाका १६ वटा वडामध्ये १४ वटा वडाको मतगणना सम्पन्न भएको र बाँकी दुईवटा वडाको पनि आजै बेलुकासम्ममा सकिने जानकारी प्राप्त भएको छ ।

स्थानीय तहका प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेसका ४०, संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी नेपाल २४, नेकपा ९माओवादी केन्द्र० २१, नेकपा ९एमाले० १८, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टीका एकजना उम्मेदवार विजयी हुनुभएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय