सागमा २५ खेल समावेश गरिने

९ आश्विन २०७४, सोमबार १९:५५ मा प्रकाशित

काठमाडौँ, ९ असोज । नेपाल ओलम्पिक कमिटीले आगामी १३ आँै साउथ एशियन गेम्समा २५ खेल समावेश गर्ने भएको छ ।

आगामी सन् २०१९ मार्च ९ देखि १८ गतेसम्म काठमाडौँ र पोखरामा हुने सागमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, धनुकाँड, ब्याडमिण्टन, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, सुटिङ, स्क्वास, पौडी, तेकाण्डो, टेनिस, टेबुल टेनिस, ट्राथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, खो खो, कराते र गल्फ खेल समावेश हुनेछन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विगतका सागका शृङ्खलामा समावेश भएका खेललाई ध्यानमा राखी २३ खेलमा सहभागी राष्ट्रको सहमति भएको र बाँकी दुई खेल कराते र गल्फ आयोजक राष्ट्रको हैसियतले नेपालले समावेश गर्न लागेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा