भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर निर्वाचनमा जाने एमालेलाई सुझाव

८ आश्विन २०७४, आईतवार ०१:४८ मा प्रकाशित

काठमाडाँै, ७ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीले भावी प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिनुभएको छ ।

शुक्रबारदेखि जारी एमाले बैठकमा विभिन्न समूह छलफलबाट भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर प्रदेश र केन्द्रको निर्वाचनमा जानुपर्ने सुझाव दिएको सचिव प्रदीप ज्ञवालीले जानकारी गराउनुभयो ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि विभिन्न आठ समूहमा छलफल गरेर निष्कर्ष प्रस्तुत गरेका सचिव ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश नं १ का तर्फबाट डा शिवमाया तुम्बाहाम्फे, प्रदेश नं २ बाट सत्यनारायण मण्डल, प्रदेश नं ३ बाट काशिनाथ अधिकारी, प्रदेश नं ४ बाट गणेश तिमिल्सिना, प्रदेश नं ५ बाट दलबहादुर राना, प्रदेश नं ६ बाट यामलाल कँडेल, प्रदेश नं ७ बाट उपाध्यक्ष भीम रावल तथा मोर्चा संगठनका तर्फबाट महेन्द्रबहादुर पाण्डेले प्रतिवेदनमाथि सुझाव दिनुभएको थियो ।

निर्वाचनमा वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिलाई समेटेर एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने सुझाव पनि सबै समूहबाट प्रस्तुत भएको उहाँले बताउनुभयो । उहाँहरुले प्रतिवेदन आधारभूतरुपमा सही रहेको उल्लेख गर्दै उहाँहरुले अत्यन्त प्रतिकूल अवस्थामा पार्टीले प्राप्त गरेको सफलता गौरवयोग्य भएको र निर्वाचनका क्रममा भएका कमीकमजोरीको समीक्षा गर्नुपर्ने धारणा राख्नुभएको सचिव ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार आगामी संघीय र प्रादेशिक निर्वाचनमा पार्टीको स्पष्ट बहुमतसहित सबै तहमा सरकार बनाउने गरी ठोस नीति, योजना र जिम्मेवारी बाँडफाँड गरेर अगाडि बढ्नुपर्ने सुझावसमेत दिनुभएको थियो ।

शुक्रबारदेखि शुरु भएको बैठक आज समूहगत छलफलका क्रममा प्रस्तुत भएका प्रश्न, जिज्ञासा र सुझावका बारेमा प्रत्युत्तर एमाले अध्यक्ष ओलीले दिँदै भोलि नै बैठक सकिने सचिव ज्ञवालीले बताउनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति