काँग्रेसको २५ स्थान सहित अग्रता, ७८ स्थानीय तहको मत परिणाम सार्वजनिक

६ आश्विन २०७४, शुक्रबार २१:०८ मा प्रकाशित

सिसृक्षा ढकाल, काठमाडौँ, ६ असोज । तेस्रो चरणको स्थानिय निर्वाचन अन्तर्गत असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ७८ स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणाम अनुसार प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका २५ , नेकपा (माओवादी केन्द्र)-१४, संघीय समाजवादी फोरम नेपालका-१२, राष्ट्रिय जनता पार्टी नेपालका-१३, नेकपा (एमाले)-८, नेपाल लोकतान्त्रिक फोरमका-३ र नेपाली जनता दलका उम्मेदवार-१ स्थानीय तहमा निर्वाचित भएका छन् ।

यसैगरी अहिलेसम्म ९०० वडाको अन्तिम मत परिणाम प्राप्त भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतगणना बाँकी रहेका स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना शान्तिपूर्ण रूपमा जारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय