संकट समाधानको एक मात्र विकल्प प्रधानमन्त्रीको पद त्यागः नेपाल

२८ असार २०६९, बिहीबार १७:१४ मा प्रकाशित

दाङ, २८ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान राजनीतिक संकट समाधानको एक मात्र विकल्प प्रधानमन्त्री बाबुराम भटराईको राजिनामा भएको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज घोराहीमा गरेको पत्रकार भेटघाटमा नेता नेपालले जेठ १४ पछि भएका सहमतिहरु बिथोलिएकाले देशमा राजनितिक र आर्थिक संकट उत्पन्न भएको बताउनुभयो । तर सबैखाले संकट समाधानका लागि प्रधानमन्त्रीको राजिनामाको विकल्प नभएको नेपालको तर्क छ । अहिलेकै अवस्थामा मंसिर ७ मा चुनाव र संविधानसभाको पुनस्थापना दुवैको संभावना नरेहेको पनि नेता नेपालले बताउनुभयो । अर्को प्रंसगमा उहाँँले अबको युगमा राजतन्त्रको कल्पना कसैले गरे त्यो दिवा सपना मात्र हुने टिप्पणी गर्र्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।