सरकारले आफ्ना मागहरु पूरा नगरेको भन्दै डा. गोविन्द केसीद्वारा पुन: अनसनको घोषणा

४ आश्विन २०७४, बुधबार ०४:५८ मा प्रकाशित

सिसृक्षा ढकाल, काठमाडौँ, ४ असोज । सरकारले आफुसंग गरेको प्रतिवद्धता पुरा नगरेको भन्दै त्रिविवि चिकित्सा अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले चार सूत्रीय माग राखी पुनः आमरण अनसन बस्ने बताएका छन् ।

डा. केसीले मंगलबार एक विज्ञाप्ति जारी गर्दै यही असोज २० गतेदेखि पुनः आमरण अनसनमा बस्ने बताएका हुन् । । डा. केसीले विज्ञप्ति मार्फत सार्वजनिक गरेको मागहरुमा माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्न, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौँ विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने रहेका छन् ।

केसीले विज्ञाप्तिमा हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुख माथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल शुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अविलम्ब अगाडि बढाउनु पर्ने माग अघि सारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल