काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्ने

३ आश्विन २०७४, मंगलवार १०:४९ मा प्रकाशित

काठमाडौँ, ३ असोज । नेपाली काँग्रेसले आगामी असोज १९ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महान् चाड दशैँ, तिहारको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिनमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

कार्यक्रम कोजाग्रत पूर्णिमाको दिन दिउँसो १ देखि ४ बजेसम्म हुनेछ । उक्त कार्यक्रममा भाग विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि तथा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको मुख्यसचिव पौडेलले बताउनुभयो ।

राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्दै विसं २०३३ मा काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले नेपालीका बीचमा आपसी सद्भाव अभिवृद्धि गर्दै राष्ट्रियतालाई मजबुत पारेर सबै नेपालीलाई राष्ट्रनिर्माणमा सरिक हुने अवस्था सिर्जना गर्नका लागि आरम्भ गरेको शुभकामनालाई यस वर्ष पनि काँग्रेसले निरन्तरता दिन लागेको हो ।

काँग्रेसले गत वर्ष पार्टीका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थिएन । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस