सप्तरीमा मतगणना शुरु, सप्तकोशीमा माओवादी केन्द्र र खडकमा काँग्रेस अगाडि

३ आश्विन २०७४, मंगलवार १०:४७ मा प्रकाशित

राजविराज, ३ असोज । प्रदेश नं २ को तेस्रो चरणको स्थानीय तह निर्वाचन सकिएपछि सप्तरीमा आज बिहानदेखि विभिन्न स्थानीय तहको मतगणना शुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार विहान ९ः०० बजेसम्मको प्रारम्भिक मतगणनामा खडक नगरपालिकामा नेपाली काँग्रेस पहिलो, नेपाल लोकतान्त्रिक फोरम दोस्रो र नेकपा (एमाले) तेस्रो स्थानमा रहेका छन् ।

काँग्रेसले ११४, नेपाल लोकतान्त्रिक फोरम ६३ र एमालेले ५७ मत प्राप्त गरेको बताइएको छ ।

यस्तै, सप्तकोशी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले १८७ मत ल्याएर पहिलो स्थानमा, नेकपा (एमाले) पछ्याउँदै १६५ मत लिएर दोस्रो, नेपाल लोकतान्त्रिक फोरम भने १८ मत ल्याएर तेस्रो स्थानमा रहेको छ ।

यसैबीच, जिल्लाको विष्णुपुर गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सुरुंगा नगरपालिकामा मतगणना विहान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत महेश ठाकुरले बताउनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो