आजदेखि ७२ घण्टाका लागि सिमानाका बन्द

३१ भाद्र २०७४, शनिबार १९:१२ मा प्रकाशित

वीरगन्ज, ३१ भदौ । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अति आवश्यक सेवाबाहेक अन्य बाहनलाई आवतजावतमा रोक लगाइएको छ भने नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ आउने सवारी साधनबाहेक पैदल यात्रुलाई कडाइका साथ जाँच गरी आवतजावत गर्न दिएको छ ।

एम्बुलेन्स र पेट्रोलियम गाडी तथा भारतबाट रेलमार्ग हँुदै अलौँस्थित सुक्खा बन्दरगाहसम्म रेल तथा कन्टेनरलाई सामानसहित आवतजावत गर्न दिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताउनुभयो ।

यसैगरी नेपाल–भारतको सीमाक्षेत्रअन्तर्गत पर्साको इनर्वा, पगेना, बलरामपुर, भेलाई, सिंकटा ,नरकटियागन्ज तथा बाराको आदापुर, घोडासहन, छोरादानो लगायतका नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

पैदल यात्री, बिमारी बोकेको एम्बुलेन्स तथा अति आवश्यक कामबाहेकका कसैलाई पनि आवतजावत दिएको छैन ।

केही दिनअघि नेपाल–भारतका सुरक्षा अधिकारीको वीरगन्जमा भएको नेपाल–भारत संयुक्त बैठकले प्रदेश नं २ हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न भारतीय सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएअनुरुप भारतीय अधिकारी पनि आफ्नो नाकामा कडाइ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली