एनआरएनए आसन्न सम्मेलनसंगै नेतृत्वको चर्चा सुरु, अध्यक्षमा भट्टको उम्मेदवारी

३१ भाद्र २०७४, शनिबार १९:०८ मा प्रकाशित

सिसृक्षा ढकाल, काठमाडौँ, ३१ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को २०१७-१९ कार्यकालका अनतर्गत अध्यक्ष पदका लागि संघका वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् ।

आज काठमाडौँमा पत्रकारसम्मेलन आयोजना गरी भट्टले संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदका लागि आफ्नो संघमा आफूले निर्वाह गरेको भूमिका र निरन्तरताका कारण स्वाभाविक भएको बताउदै आफूलाई निर्वाचित गराउन सम्पूर्ण गैर आवासिय नेपालीलाई आग्रह गरे ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को २०१७-१९ कार्यकालका अनतर्गत अध्यक्ष पदका लागि दावी गर्ने संघका अर्का उपाध्यक्ष कुमार पन्तले सहामती र सहकार्यको लागि भन्दै भट्टलाई समर्थन गर्ने बताएका छन् भने संघका अध्यक्ष शेष घलेकी पत्नी जमुना घले समेत अध्यक्ष पदमा उठ्ने चर्चाले यतिबेला नेपाली डाएसपोरा तातेको छ ।

यसैगरी संघको नेतृत्वमा काँग्रेस निकट प्रजातन्त्रवादीहरुको तर्फबाट समेत छुट्टै समूहको उम्मेदवारी आउने भएको छ ।

भट्टले आफ्नो उम्मेदवारी घोषणा आयोजना गरिएको पत्रकार सम्मेलनलाई संबोधन गर्ने क्रममा यसअघिको कार्यसमितिले ल्याएका राम्रा काममा निरन्तरता दिनका साथै वैदेशिक रोजगारी आपत्कालीन कोषलाई सदुपयोग गरी गैरआवासीय नेपाली संघमा आबद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, महिला फोरमलाई सशक्त बनाउने, ‘स्टर्टअप फन्ड’को व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउनेलगायतका नयाँ कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

भट्टले भने, ‘आफ्नो नेतृत्वमा एनआरएनलाई नेपालमा लगानी गर्ने वातावरण बनाउने, एनआरएनका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने छु ।’

उनले आफू एनआरएनको स्थापना कालदेखि नै सक्रिय रहेको र यसको प्रभावकारिताका लागि आफूसँग धेरै राम्रा कार्यक्रम रहेकाले आफ्नो जित आवश्यक रहेको जिकिर गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएन । संसदले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका छन्