सर्वोच्च अदालतले रिट निवेदन खारेज लगत्तै डिआइजी सिलवालद्वारा पदबाट राजीनामा

२७ भाद्र २०७४, मंगलवार २२:२४ मा प्रकाशित

सिसृक्षा ढकाल, काठमाडाँै, २७ भदौ । सर्वोच्च अदालतले आफ्नो माग दावी सहितको रिट निवेदन खारेज गरे लगत्तै प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

तत्कालिन प्रचण्ड सरकारले सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले राजनीतिक हस्तक्षेप गर्दै प्रहरी महानिरीक्षकमा गरेको नियुक्ति प्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले सिलवालले दायर गरेको रिट निवेदन आज खारेज गरेपछि प्रेस विज्ञप्ति जारी गरी आजैका मितिबाट प्रहरी संगठनबाट अलग हुने घोषणा गरेका हुन् ।

आफ्नो विज्ञप्तिमा सिलवालले आफू कानूनको रक्षकका रुपमा प्रहरीमा कार्यरत रहेको तर कानूनी र राजनीतिक निर्णयबाट आफूलाई अन्याय परेको उल्लेख गर्दै सिलवालले सरकारले विश्वास नगरे पनि जनता र जवानहरु माझ आफ्नो छबी कायम भएको दाबी गरेका छन् । सिलवालले विज्ञप्तिमा भनेका छन्, ‘प्रहरीमाथि राजनीति गर्ने वा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहेसम्म कानूनी राज्य स्थापित हुन सक्दैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।