माओवादी अध्यक्ष प्रचण्ड र भारतीय राजदुतवीच भेटवार्ता

२८ असार २०६९, बिहीबार १२:४१ मा प्रकाशित

काठमाडौ, २८ असार । नेपालकालागी भारतीय राजदुत जयन्त प्रसादले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था, दलहरुवीच सहमतिकोलागी भईरहेको प्रयास र बजेटको विषयमा छलफल भएको थियो ।
भेटमा भारतीय राजदुत जयन्त प्रसादले नेपालको राजनीतिक निकासको सबैभन्दा उपयूक्त विकल्प दलहरुवीचको सहमति भएको भन्दै सहमतिकोलागी क्रियाशिल हुन आग्रह गरेका थिए । जवाफमा प्रचण्डले बजेटको विषयमा भएको सर्वदलिय छलफल सहमतिको प्रस्थान विन्दु भएको भन्दै सहमतिको बातावरण बन्दै गएकोले छिट्टै सहमतिमा मुलुकले निकास पाउने विश्वास ब्यक्त गरेका थिए ।
उनीहरुवीच त्रिभुवन विमानस्थलको सुधारको जिम्मेवारी भारतीय कम्पनीलाई दिने विषयमा उत्पन्न विवादको विषयमा पछि छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको