एनआरएनए अमेरिकाको नेतृत्व चयनका लागि मतदान सुरु

२० भाद्र २०७४, मंगलवार २०:२८ मा प्रकाशित

लसएन्जलस, २० भदौ । लामो विवाद र प्रतिक्षा पछि गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७-१९ कार्यकाल अन्तर्गतको नेतृत्व चयनका लागि मंगलबार बिहान पूर्वीय समय ८:०० बजे देखि अनलाईन मतदान सुरु भएको छ । लामो सप्ताहान्तको छुट्टि सकिएपछि काम गरेर जिविका चलाउदै आएका नेपाली अमेरिकनहरुले दैनिक रोजीरोटीको लागि गरिने कामको अवधि कटौती गरेर आफुले रोजेको नेतृत्व चयनको लागि मंगलबार र बुधबार सेप्टेम्बर ५ र ६ तारिख अनलाईन पद्धति मार्फत मतदान गर्न सक्नेछन । संघको यो निर्वाचनमा वर्तमान अध्यक्ष केशव पौडेल, वरिष्ट उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्ष रबिना थापा समूह सहित आ- आफ्नो नेतृत्वमा निर्वाचनमा होमिएका छन् भने अर्का उपाध्यक्ष राम सी पोखरेल एक्लै चुनावी दौडमा सामेल रहेका छन् । संभव भएसम्म सेप्टेवर ८ तारिखकै दिन निर्वाचन नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको एनआरएनए अमेरिकाको निर्वाचन समितिले झन्डै १५ हजार मतदातालाई आफुले रोजेको नेतृत्व चयनको लागि अनलाइन पद्धति मार्फत मतदानमा सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी