
काठमाडौँ, २० भदौ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलको अन्त्य गर्न प्रधानमन्त्रीको प्रत्यक्ष चुनाव गर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।
पार्टीद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा डा लोहनीले अहिलेको समानुपातिक व्यवस्थाबाट स्थायी सरकारको सम्भावना कम रहेको बताउँदै प्रतिनिधिसभाको चुनाव प्रत्यक्ष मतदाताका आधारमा हुनुपर्ने बताउनुभयो ।
माथिल्लो सदनमा मुलुकका सबै जाति र समुदायको प्रतिनिधित्व जनसङ्ख्याको अनुपातमा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “राज्यको विभिन्न तहमा भागबण्डाका आधारमा पद बाँड्ने प्रवृत्तिको विकास भएको छ, यसले भ्रष्टाचार मौलाएको छ, प्रतिस्पर्धाका आधारमा सक्षम व्यक्तिलाई उचित स्थान दिनुपर्छ ।”
भ्रष्टाचारको अन्त्य, विधिको शासन, रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई उपयोग गर्नपर्नेलगायत माग गरी पार्टीले सरकारलाई दबाब दिने उद्देश्यले यही भदौ २१ देखि २३ गतेसम्म काठमाडौँ उपत्यकामा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । रासस
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत
काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको