सेती नदीमा भीषण बाढी, २५ घर विस्थापित

२८ असार २०६९, बिहीबार १२:१० मा प्रकाशित

काठमाडौ, २८ असार । गएरातिको भीषण वर्षासँगै सेती नदीमा आएको बाढीले पोखराको २५ घर विस्थापित गरेको छ ।  घर डुबानमा परेपछि बाढीमा फसेका २९ जनालाई प्रहरीले उद्धार गरेको छ । राति साढे १ बजे प्रहरीले डुङ्गाको प्रयोग गरी उनीहरूलाई सुरक्षित स्थानमा सारेको थियो । नदी थुनिएर रामघाटमा ताल बनेपछि घरहरू डुबानमा परेका हुन् । बाढीबाट पोखराको याम्दीमा पनि चार घर परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्र पौडेलले बताउनुभयो । अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा