नेपाललाई सनातन हिन्दू राष्ट्र घोषणा गर्न आग्रह गर्दै हिन्दु सम्मेलन सम्पन्न

१७ भाद्र २०७४, शनिबार २०:२२ मा प्रकाशित

काठमाडौँ, १७ भदौ । नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई दबाब दिनेलगायत ११ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन सम्पन्न भयो । सनातन संस्कृति समाज नेपालको आयोजनामा भदौ १५ गते शुरु भएको सम्मेलन आज ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

नेपाललाई वैदिक सनातन धर्मावलम्बीको मूल केन्द्र बनाउने घोषणालाई पनि सम्मेलनले पारित गरेको समाजका अध्यक्ष एवं सम्मेलन आयोजक समितिका संयोजक हरिबोल भट्टराईले जानकारी दिनुभयो ।

नेपाललाई वैदिक दर्शनको केन्द्र बनाउन अध्यक्ष भट्टराईको संयोजकत्वमा सम्मेलनमा भाग लिएका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अमेरिकालगायत देशका प्रतिनिधि सदस्य रहने गरी समिति गठन गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।

सम्मेलनले बंगलादेश, पाकिस्तान, अफगानिस्तानलगायत देशमा अल्पसंख्यकका रुपमा रहेका हिन्दू समुदायमाथि भइरहेको अन्याय, अत्याचार रोकी परापूर्वकालदेखि मान्दै आएको धर्म, संस्कार, चाडपर्व र रीतिरिवाज स्वतन्त्र रुपमा मान्न पाउने अधिकारको सुनिश्चित गर्न संयुक्त राष्ट्र संघमार्फत् सम्बन्धित देशका सरकारलाई ज्ञापनपत्र बुझाउने प्रस्ताव पनि पारित गरेको आयोजक समिति सदस्य त्रिलोचन पौडेलले बताउनुभयो ।

सम्मेलनले नेपालमा वैदिक विश्वविद्यालयको स्थापना गर्ने निर्णय पनि गरेको छ । यसैगरी यज्ञ, ध्यान र पूजा अर्चनालाई वैज्ञानिक एवं व्यवस्थित रुपमा अगाडि बढाउने प्रस्ताव पनि सम्मेल पारित गरेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्