न्युयोर्कका दानवीर नेपालीको उत्साहमा बन्ने भयो दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र

१३ भाद्र २०७४, मंगलवार २२:५१ मा प्रकाशित

न्युयोर्क । दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र निर्माणको लागि न्युयोर्कका दानवीर नेपालीको उत्साहमा सुरु गरिएको श्रीमद् भागवत महापुराणको अन्तिम दिन मंगलबार सम्म आइपुग्दा अपेक्षा अनुसार दाताहरुले दिल खोलेर दान गरेका छन् । गत बुधबार रिजवुड-ज्याक्सन हाइट हुँदै सत्य नारायण मन्दिर सम्म कलश यात्रा सम्पन्न गरी सोहि साँझ श्रीमद् भागवत महापुराण आरम्भ गरिएको थियो । वाचन प्रविण दिनबन्धु पोखरेलको प्रमूख वाचनमा सम्पन्न भएको श्रीमद् भागवत महापुराणमा करिव एक मिलियन अमेरिकी डलर संकलन भैसकेको छ भने दाताहरुले दान दिने क्रम जारी रहेको छ ।

सनातन हिन्दु धर्म र पूर्वीय दर्शन प्रति आस्था राख्ने दानवीर भक्तहरुको अपार सहभागिता रहेको श्रीमद् भागवत महापुराणमा अमेरिकामा बसोबास गर्ने नेपाली अमेरिकनको ठुलो संख्यामा उपस्थिति रहेको थियो । रिजउड नेपाली समाजले आयोजना गरेको श्रीमद् भागवत महापुराणमा उल्लेख्य दान गर्ने दानवीर उदाहरणीय नेपालीहरुको नामावली निम्नानुसार रहेको छ ।

प्रवाशी नेपाली मंच
खगेन्द्र जिसी
कृष्ण पोखरेल
राजेश भट्ट
सुर्य लम्साल
रमेश श्रेष्ठ
जनक भण्डारी
सुमन शाह
मोहन ज्ञवाली
केशव सेडाई

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

इन्डियानापोलिस । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ