प्रतिनिधिसभा र प्रदेशसभाका लागि राजपाको दल दर्ता

१० भाद्र २०७४, शनिबार २२:०५ मा प्रकाशित

काठमाडौँ, १० भदौ । राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ ।

उक्त पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो । राजपाको दल दर्ता नम्बर ५५ रहेको छ ।

सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० गतेका लागि घोषणा गरिसकेको छ भने स्थानीय तहको निर्वाचन प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुदैछ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले भदौ ११ गते आइतबारसम्मको समय तोकेको छ । आजसम्म आयोगमा ५६ वटा दलको दर्ता भइसकेका छन् ।

दल दर्ता गराउने क्रममा राजपाको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग समेत भेटवार्ता गरी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको बारेमा केन्द्रीत रहेर छलफल गरेको छ ।

छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको जनताबीचमा जाने निर्णयअनुरुप दलदर्ताको लागि आयोगमा आएको बताउनुभयो ।

उक्त पार्टीले स्थानीय तहको निर्वाचनमा साइकल चिन्हमा चुनाव लडेपनि निर्वाचन आयोगसँग पार्टीको चुनाव चिन्ह छाताको लागि प्रयास गरिरहेको बताइएको छ । टोलीमा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव, शरदसिंह भण्डारीलगायतका नेता सहभागी हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो

काठमाडौं । नेपाल कम्युनिष्ट विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । विप्लव समूहसँग वार्ता सुरु

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै