क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा सहभागी खेलाडी धनगढीमा अलपत्र

२८ असार २०६९, बिहीबार ०९:५४ मा प्रकाशित

कैलाली, २८ असार । क्षेत्रिय तेक्वान्दो प्रतियोगतामा सहभागी हुन विभिन्न जिल्लाबाट धनगढीमा आएका खेलाडीहरु अलपत्र परेका छन् । आजदेखि हुने क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा सुदूरपश्मिका विभिन्न जिल्लाबाट खेलाडीहरु धनगढी आइपुगेका छन् । छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन होटलहरुलाई रकम तिर्न बाँकी रहेको भन्दै  होटलमा बस्न नदिइएकाले खेलाडीहरु अलपत्र परेका हुन् । कञ्चनपुरबाट आएको तेक्वान्दो टोली धनगढीको साग्रीला होटल पुग्दा होटल मालिकले खेलकुदलाई कुनै पनि सहयोग नगर्ने र आफ्नो होटलमा कोठा पनि नदिने भनेपछि खेलाडीहरु अलपत्र परेका थिए । खेलाडीहरु अरु होटलमा पुग्दा पनि यस्तै जवाफ आएकोले के गर्ने भनेर अन्योलमा परेका छन् । तेक्वान्दोका प्रशिक्षक, तेक्वान्दो संघका पदाधिकारी एवं अरु विभिन्न खेलका प्रशिक्षकहरु आफै होटल पुगेर होटल मालिकस“ग कुरा गरेपछि मात्रै केही होटलमा खेलाडीहरुलाई बस्ने व्यवस्था मिलेको थियो । कतिपय खेलाडीहरु वास बस्ने व्यवस्था नभएपछि आफन्त कहा“ पुगेका छन् । क्षेत्रिय तेक्वान्दो प्रतियोगिता संचालन गर्न भनेर खेलकुदका पदाधिकारीहरुले आवास तथा खानपीन व्यवस्थापन नै चयन गरेका छन् । संयोजकमा प्रशासन अधिकृत लक्ष्मणप्रसाद योगी सदस्यहरुमा जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख टोपबहादुर विष्ट र फुटबलका सहायक प्रशिक्षक लालबहादुर खड्का छन् । विगत ४ महिनादेखि बन्द रहेको धनगढी स्थित क्षेत्रिय रंगशालामा विभिन्न खेल संघ र खेलाडी संघको दवाव पछि १५ दिन अधि मात्रै राष्ट्रिय खेलकूद परिषदले खेलाडीहरुलाई पवेश दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले