तीन वर्षमा गुल्मीमा डेढ सय जना बेपत्ता, खोजीका लागि प्रहरी सक्रिय

२८ असार २०६९, बिहीबार ०९:५२ मा प्रकाशित

गुल्मी, २८ असार । तीन वर्षको अवधिमा गुल्मीमा डेढ सयजना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०६७ साल यता जिल्लामा १ सय ३६ जना अझै हराइरहेका छन् । १ सय ९४ जना हराएकोमा अहिलेसम्ममा ५८ जना फेला परेका छन् । हराएकामध्ये सबैभन्दा बढी महिला र बालबालिका छन् । प्रहरीको व्यस्तताले वेपत्ताहरुको खोज तलास गर्ने कार्यले प्राथमिकता पाउन नसकेको बेला जिल्ला प्रहरी कार्यलय गुल्मीले भने हराएका व्यक्तिहरुको खोजतलास अप्रेशन सुरु गरेको छ । प्रहरीले सुरु गरेको अप्रेशन एक हप्तासम्म चल्ने छ । हराएकाहरुको खोजीका लागि प्रहरी ईकाईले संचार माध्यम, एफएम रेडीयो, जिल्लामा रहेका १ सय ३५ वटा टोल सुधार समिति र अन्य सघं सस्ंथाको सहयोग लिने जनाएको छ । हराएको भनेर परिवारले प्रहरीकहाँ निवेदन दिने तर अवस्था पत्ता लागेमा प्रहरीलाई त्यसको जानकारी भने नगराउने गरेको पाइएकोले हराएकामध्ये कतिपयको अवस्था पत्ता लाग्यो भन्ने थाहा हुन नसकेको प्रहरी नावय उपरीक्षक राजकुमार बैद्यबारले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको