पत्रकार महासंघमा माओवादी नेता गोविन्द आचार्य समूह विजयी

६ भाद्र २०७४, मंगलवार ०८:१४ मा प्रकाशित

सिसृक्षा ढकाल, काठमाडौं, ६ भदौ । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशन अन्तर्गत मंगलबार सम्पन्न निर्वाचनमा सत्तारुढ दल नेपाली काँग्रेस समर्थित माओवादी कार्यकर्ता कमरेड गोविन्द आचार्यको नेतृत्वमा रहेको समूह विजयी भएको छ । प्रमूख प्रतिपक्षी दल नेकपा एमाले समर्थित उम्मेदवार तिर्थ कोइरालालाई एक सय पाँच मतान्तरले पराजित गर्दै महासंघको अध्यक्ष पदमा माओवादी नेता आचार्य बहुमत पदाधिकारी सहित निर्वाचित भएका हुन् । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा माओवादी नेतृत्वको आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

नेपाली काँग्रेस निकट प्रेस युनियन र अन्य साना दल निकट पत्रकारको गठबन्धनको समर्थनमा अध्यक्षमा निर्वाचित माओवादी कार्यकर्ता आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले हराएका छन् । आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाएका छन् । अध्यक्ष पदका अन्य कम्युनिष्ट उम्मेदवारहरु क्रमस: उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाएका छन् ।खुला उपाध्यक्षमा पत्रकार विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा काँग्रेस कार्यकर्ता रमेश विष्ट र खुला सचिवमा काँग्रेस कार्यकर्ता एवं पत्रकार रामप्रसाद दाहाल विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए ।

यस्तैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् । लेखा समिति सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए । माओवादी छापामार गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको परिणाम सार्वजनिक भएपनि खुला केन्द्रीय सदस्यहरुको मतगणना भने जारीनै रहेको छ ।

प्रदेशबाट निर्वाचित केन्द्रिय सदस्यहरु:

प्रदेश नम्बर १

सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)

प्रदेश नम्बर २

देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)

प्रदेश नम्बर ३

द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)

प्रदेश नम्बर ५

बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)

प्रदेश नम्बर ७

मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी