पत्रकार महासङ्घ ः मतदान सम्पन्न

५ भाद्र २०७४, सोमबार २०:४३ मा प्रकाशित

काठमाडौँ, ५ भदौ । नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि सुरु भएको मतदान भर्खरै सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले एक हजार ५०८ मतदातामध्ये ४ बजेसम्म भएको मतदानमा कूल एक हजार ४४९ मत खसेको जानकारी दिनुभयो । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भएको थियो । पैँतालीस सदस्यीय कार्यसमिति र तीन लेखा समितिसहित पचास सदस्यका लागि मतदान भएको हो ।
महासंघको नयाँ नेतृत्वका लागि अध्यक्षमा गोविन्द आचार्य, तीर्थ कोइराला, उजिर मगर, इन्द्र राउत र भावना विद्रोही प्रतिस्पर्धामा हुुनुहुन्छ । पहिले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा मतगणना हुने भनिए पनि केही बेरमा मतदानस्थल नेपाल प्रज्ञा–प्रतिष्ठानमा नै हुने संयोजक खनालले बताउनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।