त्रिवि प्राध्यापकहरुको आन्दोलन, आज देशभरका आंगिक कलेज र अनुसन्धान केन्द्र बन्द

२८ असार २०६९, बिहीबार ०९:५१ मा प्रकाशित

काठमाडौ, २८ असार । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले आज देशैभरका आंगिक कलेज र अनुसन्धान केन्द्र को पठन पाठन बन्द गराएका छन् । त्रिवि प्राध्यापक संघको केन्द्रिय समिति बैकले आज र भोलि कलेज तथा केन्द्र बन्द गराउने निर्णय गरेको हो । देस भरका ६० आंगिक  र चार अनुसन्धान केन्द्र बन्द हुँदा डेढ लाख भन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ । एक वर्षदेखि बढेको तलव र पोसाक भत्ता नदिएको भन्दै २२ सुत्रिय माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।  आफूहरुले पटक पटक सम्वन्धित निकायलाई भन्दा पनि सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपल प्रगतिशिल प्राध्यापक संगठनका महासचिव यादवप्रकाश लामिछानेले बताउनुभयो । सरकारले उचित पहलन नगरे थप आन्दोलनका कार्यक्रम गर्ने पनि लामिछानेले चेतावनी दिनभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्