
काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आशन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग परामर्श लिनुभएको छ । प्रधानमन्त्री देउवाले आफ्नो निजी निवास बालुवाटारमा आज पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग भ्रमणबारे छलफल गर्नुभएको हो ।
नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई ध्यानमा राख्दै नेपाल र भारतबीच भएका ज्वलन्त समस्यामा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिनुभयो ।
“अहिलेको सबैभन्दा महत्वपूर्ण समस्या भनेको नेपालमा पछिल्लोपटक भएको भारी वर्षाका कारण तराईमा भएको डुबान हो, मानवीय र धनजनको क्षति भयो, त्यसको मुख्य कारण सीमानामा बाँधिएका बाँधहरू हुन् , त्यसबारे नयाँ ढंगले पुनःसंरचना गरिनुपर्छ, अवलोकन गरिनुपर्छ र दुई देशबीचमा सहमति निर्माण गर्नुपर्छ, भन्ने बारेमा राम्रोसँग छलफल भयो”–पूर्वप्रम खनालले भन्नुभयो ।
नेपालका विभिन्न उत्पादनलाई भारतसँग सहजरूपमा पुर्याउन पहल गर्नेबारे समेत छलफल भएको उहाँको भनाइ थियो । रासस
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,
काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई
काठमाडौं । सभामुख र सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाईंदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल