दशैंँ महोत्सवमा ट्राउट माछा

२ भाद्र २०७४, शुक्रबार २२:४३ मा प्रकाशित

त्रिशूली(नुवाकोट), २ भदौ । ऐतिहासिक त्रिशूली बजारमा आउँदो दशैँमा ‘दोस्रो नुवाकोट दशैं महोत्सव’ हुने भएको छ ।  त्रिशूली युथ स्पोर्टस् क्लबको आयोजनामा असोज २ देखि ११ गतेसम्म महोत्सव सञ्चालन गर्न लागिएको हो । विविध सांस्कृतिक मनोरन्जनसहित सस्तो सुलभ बजार भन्ने नाराका साथ चल्ने महोत्सवमा कृषि उपज र रेलु तथा हस्तकलामा सामग्रीको प्रदर्शनी रहने आयोजक संस्थाका अध्यक्ष शिव खड्गेले पत्रकार सम्मेलनमा बताउनुभयो ।
त्रिभुवन त्रिशूली माविको प्राङ्गणमा हुने महोत्सवमा राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने छ । करिब एक सय २५ कक्ष रहने महोत्सवमा रेन्बो ट्राउट माछाको विशेष परिकार उपलब्ध हुने छ । जिल्लामा सस्तो सुलभ बजारको प्रबद्र्धन गराउने, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार गराउने, नयाँ वस्तुको प्रचार गराउने, स्थानीय उत्पादनको प्रबद्र्धन गराउने लगायत उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका सल्लाहकार नवीन्द्र प्रधानले बताउनुभयो । विसं २०७१ मा पहिलो महोत्सव आयोजना गरिएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर