प्रमबाट मध्य र सुदूरपश्चिममा राहत वितरण

२ भाद्र २०७४, शुक्रबार ०१:११ मा प्रकाशित

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मध्य र सुदूरपश्चिमका तीन जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गर्नाका साथै प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ ।

प्रधानमन्त्रीले बाँकेको राप्ती सुनारी गाउँपालिकाको कमैया डाँडा, बर्दियाको कोठिया गाउँ र कैलालीको टीकापुरमा बाढीबाट विस्थापितसँग साक्षात्कार गरी राहत सामग्री वितरण गर्नुभएको हो । प्रधानमन्त्रीले कमैयाडाँडामा बाढीबाट आफ्ना ११, नौ र सात वर्षका तीन छोरी गुमाएका कमिलाल थारुलाई रु छ लाखको चेक र राहत सामग्री हस्तान्तण गर्नुभयो ।

प्रधानमन्त्रीले देउवाले बाढीबाट धनजन गुमाएकाहरुलाई क्षतिपूर्ति रकम र घर बनाउन निश्चित रकम दिइने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले तत्काल अस्थायी बासस्थानका लागि केही रकम निकासा गरिसकिएको छ, छिट्टै तपाईंहरुले पाउनुहुने छ ।”

यस्तै प्रधानमन्त्रीले बर्दियाको गुलरिया नगरपालिकाको बाढी प्रभावित वडा नं ८ को कोठिया गाउँमा पनि बाढी प्रभावितसँग साक्षात्कार गरी राहत वितरण गर्नुभएको छ । प्रधानमन्त्रीले बाढीको दीर्घकालीन र तात्कालीन समाधानका लागि सरकारले छिट्टै नयाँ कार्यक्रम ल्याउने जानकारी दिनुभयो । सरकारले घाइतेको निःशुल्क उपचार व्यवस्था गरेको बताउँदै उहाँले बाढीले घर बगाएकाहरुलाई पनि सरकारले निर्णय गरेर रकम निकासा गरिने छ भन्नुभयो । त्यस्तै टीकापुरमा पनि प्रधानमन्त्रीले पीडितसँग साक्षात्कार गरेर राहत वितरण गर्नुभयो ।

राहत, उद्धार र क्षतिपूर्तिका लागि निर्देशन
प्रधानमन्त्रीले मध्य र सुदूरपश्चिमका सेना, प्रहरी, सशस्त्र प्रहरीलगायत क्षेत्रीय प्रशासक र प्रजिअलाई राहत, उद्धार र क्षतिपूर्ति वितरणमा कुनै कमजोरी नहुने गरी काम गर्न निर्देशन दिनुभएको छ । बाँकेको नेपालगन्जमा प्रभावित क्षेत्रको उद्धार र राहतमा खटिएका सुरक्षा निकायका अधिकारी र उच्चपदस्थ कर्मचारीलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “प्राकृतिक विपत्तिमा परेकालाई कुनै गुनासो नआउने गरी काम गर्नुहोस् ।”

प्रधानमन्त्रीले बाढीपीडितका लागि आवश्यक खाद्यान्न दिन, उपचार गर्न तथासरुवा रोग लाग्न नदिन अहिले नै ध्यानमा राखी कार्यक्रम लागू गर्न पनि निर्देशन दिनुभयो । “राहतमा मैले कुनै गुनासो सुन्न नपरोस्”, प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरुले उहाँहरुको स्वास्थ्यलाई पनि ख्याल गरेर काम गर्नुहोस् ।” रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्