‘ए’ डिभिजन लिग फुटबल मंसिरमा

३२ श्रावण २०७४, बुधबार २२:५६ मा प्रकाशित

काठमाडौँ, ३२ साउन । लामो समयदेखि आयोजना हुन नसकेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ।

अखिल नेपाल फुटबल संघको आज बसेको कार्यसमितिको बैठकले चार वर्षसम्म गर्न नसकेको उक्त प्रतियोगिता मंसिरमा गर्ने निर्णय गरेको हो । प्रतियोगिता पछिल्लोपटक विसं २०७० मा भएको थियो ।

बैठकले एसियन क्लब च्याम्पियनसिपको प्लेअफ गुमाएको थ्रीस्टार क्लबलाई क्षतिपूर्तिसमेत दिने निर्णय गरेको छ । क्षतिपूर्तिको विषयमा थप अध्ययन गर्नका लागि वरिष्ठ उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा तीन सदस्यीय कमिटीसमेत गठन गरिएको छ ।

कार्यसमितिका सदस्यमा गणेशबहादुर चन्द र दिनेश ब्यञ्जन्कार हुनुहुन्छ । उक्त समितिलाई १० दिनको समय दिइएको छ ।

त्यस्तै, एन्फाले विधान संसोधनका लागि असोज २३ मा विशेष साधारणसभा गर्ने र पुस २३ गते नयाँ नेतृत्व चयनका लागि चुनाव गर्ने प्रस्ताव पनि एएफसीसामु पठाउने निर्णय गरेको छ ।

बैठकमा एशियाली फुटबल महासंघ (एएफसी)को विकास कार्यक्रमअन्तर्गत काठमाडौं, मकवानपुर तथा नवलपरासीमा एक एक फुटबल मैदान बनाउने निर्णयसमेत गरेको एन्फाले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

पेरिस । यस वर्षको महिला च्याम्पियन्स लिग फुटबल प्रतियागिताको उपाधि बार्सिलोनाले जितेको छ । स्विडेनको गोथेनवर्गमा गएराति भएको फाईनल खेलमा

ओसासुनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ‘ला– लिगा’ को उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं