डा. गोविन्द केसीद्वारा २३ औं दिनमा आमरण अनशन स्थगित, चिकित्सा शिक्षा ऐन ल्याउने सहमती

३१ श्रावण २०७४, मंगलवार २२:४३ मा प्रकाशित

सिसृक्षा ढकाल, काठमाडौँ, ३१ साउन । चिकित्सा शिक्षा ऐन ल्याउने सरकारी प्रतिबद्धता लगत्तै २३ दिन देखि आमरण अनसन बस्दै आएका डा. गोविन्द केसीले तराईमा गएको बाढी र पहिरोले ठुलो जनधनको क्षति भइरहेको समयमा अनशन बस्दा आफूलाई ग्लानी भएको भन्दै अनसन स्थगित गरेको घोषणा गरेका छन् । आमरण अनसन स्थगित गरे लगत्तै डा. केसीलाई उपचारार्थ आईसीयूमा सारिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा मंगलबार साँझ ८ बजे पत्रकार सम्मेलन आयोजनागरी डा. केसीले तराईमा गएको बाढी र पहिरोले ठुल जनधनको क्षति भइरहेको समयमा अनशन बस्दा ग्लानी भएको भन्दै स्थगित गरेको बताए ।

अनसन स्थगित गरे लगत्तै केसीले संचार माध्यामसंग भने, ‘चिकित्सा शिक्षा र जनमुखी स्वास्थ्य सेवाका लागि मेरो सत्याग्रह जारी छ, अहिले तराईमा आई परेको प्राकृतिक प्रकोपमा सबै सहयोगमा जुट्नुपर्ने भएकाले अनशनमा बस्न उचित नभएकाले तराईको स्थिति सामान्य नहुन्जेलसम्म आन्दोलनको स्वरूप परिवर्तन मात्र गरिएको हो ।’

देशलाई आइलागेको बिपत्तीमा धेरैले आफन्त गुमाएका छन्, धेरैको रोजीरोटी खोसिएका छन् भन्दै डा. केसीले बाढी पहिरो पछि आइलाग्ने महामारीजन्य प्रकोप व्यवस्थापन गर्ने चुनौती भएकाले यसप्रति सबै पक्षको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सरकारले केही माग पूरा गरेपनि माथेमा प्रतिवेदन र अन्य सुझाव समेटेर सही रूपमा चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने काम बाँकी रहेकाले लडाईं जारि रहने उनको भनाई छ ।

डा. केसीले भने, ‘जनमुखी र विद्यार्थीमुखी ऐन ल्याएरै छाड्छु, देशलाई माफियाको चंगुलबाट बचाउन म संधै लागिरहनेछु, यस समयमा सहयोग गर्ने नागरिक समाज, सञ्चारमाध्यम र आमनागरिकलाई धन्यवाद दिन चाहन्छु ।’

एघारौँ पटक अनशनमा बसेका डा. केसीले यस पटक आफूले अनशन तोडेको नभई स्थगन मात्र भएको जानकारी दिएका थिए । डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएकाले उनलाई साँझ नै शिक्षण अस्पतालको सघन कक्षमा राखी उपचार सुरू गरिएको छ ।

(अनशनमा बस्नुभएका प्रा.डा गोविन्द केसिले आज अनशन स्थगित गर्नुभए पछि त्रिवि शिक्षण अस्पतालमा साझ पत्रकार सम्मेलन बोल्दै । तस्बिर ः रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय