संविधानसभाको नाममा सत्ता कब्जा गर्ने प्रचण्डको प्रस्ताव

२८ असार २०६९, बिहीबार ०९:२४ मा प्रकाशित


काठमाडौं, २८ असार । शान्ति र संविधानको बाटो समातेर नवसंशोधनवादमा भासिएको आरोप खेपिरहेका एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभा बाहिरबाट संविधान ल्याउन खोजिए बलपूर्वक सत्ताकब्जा गर्ने प्रस्ताव अघि सारेका छन् । सातौं विस्तारित बैठकमा पेस गर्न पोलिटब्युरो सदस्यलाई हिजो बुधबार उनले बांडेको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो । आगामी साउन १ गतेदेखि हुन लागेको एमाओवादीको सातौं विस्तारित बैठकको तयारीका क्रममा आजबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा छलफलका लागि प्रचण्डले उक्त प्रस्ताव तयार पारेका हुन् ।
‘संविधानसभाबाट संविधान जारी गरिनुपर्छ, त्यो हुंदैन भने पुंजीवादी क्रान्तिलाई पूरा गर्न बल प्रयोगको विकल्प छैन’, प्रचण्डको प्रतिवेदनमा उल्लेख गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपतिक प्रतिनिधित्वलगायत विषय पुंजीवादी क्रान्तिका आंशिक उपलब्धि मात्र भएको दाहालको प्रतिवेदनमा भनिएको छ । पुंजीवादी विकासका आंशिक उपलब्धिलाई माथिबाट तलसम्म सहकारीमार्फत हस्तक्षेप गरेर जानुपर्ने जनाउंदै उनले सहकारीको उत्पादनमार्फत हस्तक्षेप गर्दा समाजवादमा जान बल प्रयोगलाई समेत सहयोग गर्छ भनेका छन् ।
शान्तिप्रक्रियामा आउनु ठिक थियो भन्दै उनले शान्तिप्रक्रियामा आउंदा कार्यकर्ता जोगाउने या तिनको संरक्षण गर्ने योजना बनाउन नसकेर कमजोरी भएको स्वीकार गरेका छन् । यसैगरी, सेना समायोजनमा बढी लचिलो हुनुलाई पनि दाहालले गल्ती मानेका छन् । पार्टी विभाजनलाई चाहिं उनले चरम महत्वाकांक्षा, जडसुत्रवादी र बामपन्थी लफ्फाजी भन्दै वैद्य पक्षधरहरुको धज्जी उडाउन खोजेका छन् ।
संविधानसभाबाटै संविधान र पहिचानसहितको संघीयता कार्ययोजना दाहालले अघि सारेका छन् भने ती कार्ययोजना सफल पार्न राजनीतिक सहमतिका आधार खोजिने प्रस्ताव गरेका छन् । आगामी फागुनमा केन्द्रीय महाधिवेशन प्रस्ताव गरिएको दाहालको प्रतिवेदनमा पार्टी विभाजनपछि रिक्त एक उपाध्यक्ष, महासचिव, सचिव र दुई स्थायी समिति सदस्यको सिट खाली नै राखिने जनाइएको छ ।
पोलिटब्युरो सदस्यहरुको सुझाव समावेश गर्दै केन्द्रीय सदस्यहरुमा छलफल गराइने र केन्द्रीय समिति बैठकबाट पारित भएपछि विस्तारित बैठकमा पेस गरिन दाहालको प्रस्तावमा ‘अहिलेका सबै समितिमा भद्रगोल छ, त्यसलाई चुस्त बनाउन जिल्ला, राज्य र केन्द्रसम्म परिषद् बनाउनुपर्छ, स्वेच्छिक अवकाश लिएका लडाकुहरु पहिल्यै राज्यसमितिसरह भएकाले उनीहरुलाई त्यहीअनुसार भूगोलको जिम्मेवारी दिनुपर्छ’ भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी