सत्तारुढ दल र राजपाबीचको वार्ता सकारात्मक

२७ श्रावण २०७४, शुक्रबार २३:११ मा प्रकाशित

काठमाडौँ, २७ साउन । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको छलफल सकारात्मक भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) र राजपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको छलफल सकारात्मक भएको काँग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

“आजको वार्ता निर्णायक भएको छ, शहीद घोषणा, मुद्दा फिर्ता, घाइतेहरूको क्षतिपूर्ति, स्थानीय तहको संख्या वृद्धिलगायत सरकारले पूरा गर्ने विषय लगभग टुंगिएको छ, अब सबैभन्दा महत्वपूर्ण संविधान संशोधन गर्ने विषय पनि यथासक्य अगाडि बढाउने र पारित गर्नेबारे सहमति भएको भएको छ”, राजपाका नेता शरतसिंह भण्डारीले भन्नुभयो ।

नेता भण्डारीका अनुसार संविधान संशोधन विधेयक जतिसक्दो चाँडो संसद्मा पेश गर्ने र संसद्बाट पास गर्न सक्दो प्रयास गर्ने तयारी भइरहेको छ ।

“छलफल राम्रै भएको छ, संविधान संशोधनको विषयलाई मतदान गरी पारित गराउनका लागि प्रक्रिया अगाडि बढाउनेतर्फ सहमत भएको छ, प्रधानमन्त्री भारत भ्रमणमा जानुभन्दा पहिले नै प्रक्रिया अगाडि बढाउने कुरा भएको छ”, नेता निधिले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र राजपाका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर र नेताहरू राजेन्द्र महतो, राजकिशोर यादवलगायतको सहभागिता रहेको थियो । रासस

(प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहित सत्तारुढ दल र राजपाका शीर्ष नेताहरुबीच बालुवाटारमा शुक्रबार छलफल हुँदै । तस्बिर ः रोशन सापकोटा, रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय