निर्वाचनका लागि सकारात्मक वातावरण ः राजपा

२७ श्रावण २०७४, शुक्रबार ००:५० मा प्रकाशित

काठमाडौँ, २६ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तहको संख्या बढाउन बाटो खुल्ने गरी सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत गर्दै निर्वाचनको सकारात्मक वातावरण बनेको जनाएको छ ।

सर्वोच्चको निर्णय अत्यन्तै सकारात्मक भएको र यसले निर्वाचनमा भाग लिने वातावरणलाई झनै सकारात्मक बनाएको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले सरकारले स्थानीय तहको संख्या बढाउनेविरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठ र कृष्णचन्द झाले दायर गरेको रिट निवेदन आज खारेज गरेपछि सरकारलाई प्रदेश नं २ मा संख्या बढाउन बाटो खुला भएको छ ।

सरकारले संसद्मा पेश गरेको संविधान संशोधनको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे जस्तोसुकै परिणाम आए पनि निर्वाचनमा जाने राजपाको योजना छ ।

महासचिव झाले संशोधनको प्रस्तावलाई तत्काल अघि बढाउन सरकारसमक्ष आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा