अर्को विवाहबारे सोचेकी छैन: अभिनेत्री सारंगा श्रेष्ठ

२८ असार २०६९, बिहीबार ०४:०१ मा प्रकाशित

राजन घिमिरे, काठमाडौं । एक समयकी चर्चित नृत्याङ्गना तथा अभिनेत्री सारंगा श्रेष्ठ अमेरिका छिरेको पनि करिब आठ वर्ष पुग्न लागिसक्यो। यसबीचमा मुस्किलले उनी दुईपटक मात्र नेपाल आएकी छिन्। नेपाली रंगमञ्च र चलचित्र अभिनयको परिवेश अनि वातावरणबाट टाढा रहे तापनि सारंगाले अमेरिकामा रहँदा पनि आफ्नो कलाकारितालाई निरन्तरता भने दिइरहेकी छिन्। अमेरिकाका विभिन्न सहरमा समय–समयमा हुने सांस्कृतिक कार्यक्रममा समय मिलाएर उनले आफूलाई प्रस्तुत गर्ने गरेकी छिन्। यसपटक सामाजिक सञ्जाल फेसबुक मार्फत सारंगासँग केही कुराकानी गरिएको छ।
० के छ त नयाँ खबर?
– परदेशमा छु। जीवन चलिरहेको छ।
० जीवन राम्रो हुन्छ भनेर त्यता गएको होइन र?
– हुन त त्यही हो। तर, चाहेजस्तो र सोचेजस्तो खुसी अनि सुखी कहाँ हुन्छ र?
० नेपाल कहिले फर्कने?
– अब दशैंमा आउँछु।
० सधैंका लागि हो?
– त्यसबारे म अहिले नै भन्न सक्दिनँ। तर, यसपटक भने दशैंमा आउँछु म।
० अब त पैसा पनि टन्न कमाइयो होला। नेपालतिरै बसे हुन्न र?
– त्यसबारे अहिले नै केही सोचेकी छैन। यो निर्णयको जिम्मा समयलाई नै दिऊँ।
० नेपाली दर्शकहरूमाझ हाईहाई हुँदाहुँदै विदेश भासिनुभयो। त्यो याद आउँदैन अहिले?
– मैले मिस गरेको नै नेपाली दर्शक र कलाकारिता अनि त्यो माहोलको परिवेश हो। तर, के गर्नु, बाध्यताले गर्दा विदेशिनु परेको हो। यो रहर होइन।
० हामीलाई थाहा छ कि तपार्इंजस्ता थुपै्र कलाकार आर्थिक कारण नै विदेशिएका हुन्। अब त धन कमाउन पुग्यो कि?
– म धनकै कारण नफर्केकी भने होइन, अरू कारण पनि छन्।
० अमेरिकामा के छ त्यस्तो सबै त्यतै आकर्षित हुन्छन्?
– धेरै चिज छ। यही मात्र छ भन्ने छैन। केही न केहीले तानेको छ मानिसलाई।
० विवाह गरेर पनि सम्बन्धविच्छेद गर्नुभएछ। किन पर्‍यो यस्तो?
– मन नमिलेपछि सँगै बस्नुभन्दा अलग हुनु नै राम्रो हो।
० अब फेरि विवाह गर्ने कुनै सोच या योजना?
– अर्को विवाहबारे सोचेकी छैन। सोचेँ भने थाहा भइहाल्छ नि। म खुला किताब हुँ।
० एक्लै बस्दा र जोडीसँग बस्दा के फरक हुँदोरहेछ त?
– मलाई त फरक परेको छैन, किनकि जीवनमा दुःखदायी थुपै्र समय एक्लै बिताएँ मैले।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ